नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुल्यो | Khabarhub Khabarhub

नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुल्यो


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।

भारतीय आर्मीले नेपालीसहित १०० जना महिला मिलिटरी पुलिसका लागि आवेदन आह्वान गरेको छ । इच्छुकहरुले भारतीय सेनाको वेबसाइटमा गएर अनलाईन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

भर्ना हुन चाहनेले आगामी जुलाई २० तारिखसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिनेको उमेर १७ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । सन् २००० देखि २००४ सम्म जन्मिएको हुनुपर्ने उल्लेख छ । शहीद परिवारको हकमा भने उमेर हद ३० वर्षसम्म राखिएको छ ।

कक्षा १० पास गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत मार्क्स र जम्मा ४५ प्रतिशत ल्याएको हुनुपर्ने उल्लेख छ ।

अम्बाला, जबलपुर, बेल्गाम, पुने, लखनाउ, शिलोङबाट भर्ना खुल्ने उल्लेख गरिएको छ । अनलाईनबाट प्राप्त हुने प्रवेश कार्डमा छनोटको मिति र स्थान दिइनेछ ।

शारीरिकको हकमा १६ सय मिटर दौड, ८ मिनेट लङजम्प, १० फिट हाइजम्प आवश्यक पर्ने उल्लेख छ ।

त्यसअघि सबैको प्रवेश परीक्षाका रुपमा लिखित परीक्षा लिइनेछन् । अविवाहितको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १२ : २५ बजे

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित