लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित « Khabarhub

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।

प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी गठबन्धनमा छन् ।

योसँगै मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई राहत मिलेको छ । नीति तथा कार्यक्रम पारितसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुलेको छ ।

विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेको समयमा आइतबार बहुमतले पास भएको हो ।

प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ३ : ०५ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण