मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई लेखे पत्र | Khabarhub Khabarhub

मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई लेखे पत्र

प्रदेश प्रमुखको सुझाव ठीक छ : मुख्यमन्त्री


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराज झाले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचार गरेका छन् ।

संघीयताको मर्म विपरीत मन्त्रिपरिषद विस्तार भएको भन्दै प्रदेश प्रमुख झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्री राउतले सात्तारुढ दलकै चार मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएपछि प्रदेश प्रमुख झाले वर्तमान मन्त्रिमण्डल समावेशी चरित्रको नभई संघीयताको मर्म विपरीत रहेको जिकिर गरेका छन् ।

महिला र पहाडी समुदायलाई समेत सहभागी गराएर मन्त्रिपरिषद बनाउनुपर्ने मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रदेशभित्र रहेका पहाडी समुदाय, दलित र महिलाको समावेशिताप्रति प्रदेश सरकारको भूमिका प्रष्ट नरहेको पत्रमा उल्लेख गरिएको छ ।

संघीयता र समावेशिताको मूल मर्मअनुसार सरकार चल्न नसके गणतन्त्रका साथै संघीयतामाथि विश्वास घट्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीयता र समावेशी हुने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सरकारलाई निर्देशन दिइएको छ ।

यता मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखको सुझाव ठीक भएको प्रतिक्रिया दिएका छन् ।

प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने राउतले बताए । उनले भने, ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु ।’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  २ : ४७ बजे

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि सिफारिस

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी– म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई

प्रचण्डले भने- निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल