मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई लेखे पत्र « Khabarhub

मन्त्रिपरिषद समावेशी बनाउन प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई लेखे पत्र

प्रदेश प्रमुखको सुझाव ठीक छ : मुख्यमन्त्री


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराज झाले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्राचार गरेका छन् ।

संघीयताको मर्म विपरीत मन्त्रिपरिषद विस्तार भएको भन्दै प्रदेश प्रमुख झाले समावेशी बनाउन मुख्यमन्त्रीलाई पत्र पठाएका हुन् ।

मुख्यमन्त्री राउतले सात्तारुढ दलकै चार मन्त्रीलाई पदमुक्त गरी कांग्रेसलाई सरकारमा सहभागी गराएपछि प्रदेश प्रमुख झाले वर्तमान मन्त्रिमण्डल समावेशी चरित्रको नभई संघीयताको मर्म विपरीत रहेको जिकिर गरेका छन् ।

महिला र पहाडी समुदायलाई समेत सहभागी गराएर मन्त्रिपरिषद बनाउनुपर्ने मुख्यमन्त्री राउतलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रदेशभित्र रहेका पहाडी समुदाय, दलित र महिलाको समावेशिताप्रति प्रदेश सरकारको भूमिका प्रष्ट नरहेको पत्रमा उल्लेख गरिएको छ ।

संघीयता र समावेशिताको मूल मर्मअनुसार सरकार चल्न नसके गणतन्त्रका साथै संघीयतामाथि विश्वास घट्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

संघीयता र समावेशी हुने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सरकारलाई निर्देशन दिइएको छ ।

यता मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखको सुझाव ठीक भएको प्रतिक्रिया दिएका छन् ।

प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने राउतले बताए । उनले भने, ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु ।’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  २ : ४७ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.