हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश « Khabarhub

हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरू मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उक्त आदेश दिएको हो ।

पाकिस्तानी सञ्चारमाध्यम द नेशनका अनुसार यसबारे प्रतिवेदन पेश गर्नका लागि एक सदस्यीय समिति गठन गर्न पनि अदालतले आदेश दिएको छ ।

सुनुवाइका क्रममा हिन्दू काउन्सिलका अध्यक्ष डा. रमेश कुमारले मन्दिर भत्काएर नयाँ भवन बनाउन लागिएको जनाएका थिए ।

यस्तै, इटीपीबीका अध्यक्षले भने धर्मशाला रहेको भवनमा १९४७ देखि नै होटल सञ्चालन भइरहेको जनाएका छन् ।

– द नेशनबाट

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ३० बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।