हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश « Khabarhub

हिन्दू मन्दिर भत्काउने कार्य रोक्न पाकिस्तानको सर्वोच्च अदालतको आदेश


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको सर्वोच्च अदालतले कराँचीस्थित हिन्दू मन्दिर धर्मशाला भत्काउने कार्यलाई रोक लगाएको छ । अदालतले सिन्ध पुरातत्वका अधिकारीलाई यसबारे रिपोर्ट पेश गर्न पनि आदेश दिएको छ ।

शुक्रबार प्रधानन्यायाधीश गुलजार अहमद, न्यायाधीशहरू मजहर अलाम खान, सैय्यद मजाहर अलीको तीन सदस्यीय इजलासले उक्त आदेश दिएको हो ।

पाकिस्तानी सञ्चारमाध्यम द नेशनका अनुसार यसबारे प्रतिवेदन पेश गर्नका लागि एक सदस्यीय समिति गठन गर्न पनि अदालतले आदेश दिएको छ ।

सुनुवाइका क्रममा हिन्दू काउन्सिलका अध्यक्ष डा. रमेश कुमारले मन्दिर भत्काएर नयाँ भवन बनाउन लागिएको जनाएका थिए ।

यस्तै, इटीपीबीका अध्यक्षले भने धर्मशाला रहेको भवनमा १९४७ देखि नै होटल सञ्चालन भइरहेको जनाएका छन् ।

– द नेशनबाट

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ५ : ३० बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय