पाँच पूर्व प्रधानमन्त्रीलाई आ–आफ्नो इतिहास सम्झिन रवीन्द्र मिश्रको चुनौती « Khabarhub

पाँच पूर्व प्रधानमन्त्रीलाई आ–आफ्नो इतिहास सम्झिन रवीन्द्र मिश्रको चुनौती


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पाँच पूर्व प्रधानमन्त्रीहरूलाई आफू सत्तामा रहँदा विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिन चुनौति दिएका छन् ।

पाँच पूर्व प्रधानमन्त्रीहरूले मुलुकमा अहिले विदेशी हस्तक्षेप भइरहेको भनी संयुक्त रुपमा वक्तव्य जारी गरेकोप्रति टिप्पणी गर्दै मिश्रले विगतमा तिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति नझुक्ने बताएका हुन् ।

पाँच पूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । मिश्रले राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? भन्दै टिप्पणी गरेका छन् ।

मिश्रले ट्वीट गर्दै अरूलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति नआउने बताएका छन् ।

मिश्रले लेखेका छन् , ‘यी ५ प्रमले विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिउन् । यिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति झुकेको हुने थिएन । राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? अरुलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति आउने थिएन कि ?’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : २८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७