पाँच पूर्व प्रधानमन्त्रीलाई आ–आफ्नो इतिहास सम्झिन रवीन्द्र मिश्रको चुनौती | Khabarhub Khabarhub

पाँच पूर्व प्रधानमन्त्रीलाई आ–आफ्नो इतिहास सम्झिन रवीन्द्र मिश्रको चुनौती


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पाँच पूर्व प्रधानमन्त्रीहरूलाई आफू सत्तामा रहँदा विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिन चुनौति दिएका छन् ।

पाँच पूर्व प्रधानमन्त्रीहरूले मुलुकमा अहिले विदेशी हस्तक्षेप भइरहेको भनी संयुक्त रुपमा वक्तव्य जारी गरेकोप्रति टिप्पणी गर्दै मिश्रले विगतमा तिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति नझुक्ने बताएका हुन् ।

पाँच पूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । मिश्रले राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? भन्दै टिप्पणी गरेका छन् ।

मिश्रले ट्वीट गर्दै अरूलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति नआउने बताएका छन् ।

मिश्रले लेखेका छन् , ‘यी ५ प्रमले विदेशीसामू लम्पसार परेको आ–आफ्नो इतिहास सम्झिउन् । यिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति झुकेको हुने थिएन । राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हस्तक्षेपको पीर पर्‍यो ? अरुलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति आउने थिएन कि ?’

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : २८ बजे

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र