नरोत्तम बैद्यविरुद्ध युवा संघले दियो फौजदारी कसुरमा जाहेरी « Khabarhub

नरोत्तम बैद्यविरुद्ध युवा संघले दियो फौजदारी कसुरमा जाहेरी


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले बाग्मती प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध फौजदारी कसुरमा जाहेरी दर्ता गरेको छ ।

प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिएको भन्दै युवा संघ नेपालका तर्फबाट सांसद बैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको र दर्ता समेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी डिएसपी जयश्वेर रिमालले जानकारी दिए ।

उनले मुद्दाका बारेमा सरकारी वकिलको कार्यालयसँग परामर्श गरेर अन्य कारबाही प्रक्रिया अघि बढाउने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेको भातृ संगठन युवा संघ नेपालले जाहेरी दिएको हो ।

सांसद बैद्यले आफ्नो अभिव्यक्ति आवेगमा भएको भन्दै प्रदेशसभा बैठकमै आत्मालोचना गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ६ : ४२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७