रुपन्देहीमा जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने « Khabarhub

रुपन्देहीमा जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा असार १ गतेबाट केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।

कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसँग छलफल गरी उद्योग व्यवसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको हो ।

निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यवस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारबाही हुने जिल्ला प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

अव स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामाग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

त्यस्तै अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । व्यबसाय सञ्चालन गर्दा जारी स्वास्थ्य सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ ।

फ्रन्टलाईनमा काम गर्ने चालक, उद्योगी व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, जिल्लामा सञ्चालित उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीहरुलाई उद्योग प्रतिष्ठानको सिफारिसका आधारमा एन्टीजेन परीक्षण गर्ने समेत निर्णय गरिएको छ।

यस्तो छ आदेश

 

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ७ : ०१ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी