मकैमा फौजी किराको प्रकोप « Khabarhub

मकैमा फौजी किराको प्रकोप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो ।

फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया गाउँपालिका—५ का किसान अजवबहादुर चन्दले बताए । उनले भने,“एकपटक उम्रेको मकै किराले सखाप पार्‍यो, अहिले दोस्रोपटक छरेका छौँ, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन् ।”

दशरथचन्द नगरपालिका—१ गुरुखोलाका किसानले खेतमा लगाएको मकैमा पनि यस्तै प्रकोप देखिएको छ । स्थानीय किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ ।

खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् । मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका पञ्चेश्वर गाउँपालिका—२ का देवबहादुर चन्दले बताए ।

मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।

जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए ।

उनले भने,“फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ ।” बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : ४६ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज