दुवै खुट्टा भाँचिएका बालकको सीता एयलाइन्सद्वारा उद्धार | Khabarhub Khabarhub

दुवै खुट्टा भाँचिएका बालकको सीता एयलाइन्सद्वारा उद्धार


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– शनिबार माटो खन्ने क्रममा दुवै खुट्टा भाँचिएका हुम्लाको सिमकोट गाउँपालिकाका ११ वर्षीय युद्ध शाहीको थप उपचार हुने भएको छ ।

आर्थिक अभावले उपचार हुन नसकिरहेका बेला सहयोग जुटाएर घाइते बालक शाहीको आज उद्धार गरिएको हो । बिरामी र कुरुवाका लागि हुम्लादेखि सुर्खेतसम्म लाग्ने हवाई भाडा सीता एयरलाइन्सले निःशुल्क व्यवस्था गरेको छ ।

घरमा आर्थिक अवस्था अति कम्जोर भएका बालकको उपचारमा ठाउँबाट सहयोग जुटाएर हवाइजहाज मार्फत सुर्खेत पठाइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

उठाइएको रकम उपचारबाट बचत भएमा बालकको पढाइमा खर्च गरिनेछ । चौध वर्षकी दिदीसँग बस्दै आएका शाहीका बुबाको मृत्यु भइसकेको छ भने आमाले अर्कैसँग विवाह गरेकी छिन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : ०३ बजे

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी

विश्व अल्जाइमर दिवस : नेपालमा तिन लाख मानिसमा अल्जाइमरको समस्या 

काठमाडौं– आज विश्व अल्जाइमर दिवस । हरेक वर्षको सेप्टेम्बर २१

सिंहदरबार छिर्न पाएनन् जेन-जी, गेटमै थाले धर्ना (तस्बिरहरू)

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र