स्वस्थ रहन अपनाउनुपर्ने ५० प्राकृतिक नियम | Khabarhub Khabarhub

स्वस्थ रहन अपनाउनुपर्ने ५० प्राकृतिक नियम


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ ।

अर्थात मानिस प्रकृतिसँग टाढा हुदैँ प्रविधिसँग नजिकिदै जादाँ रोगको शिकार हुदैँ गएको छ । त्यसैले यो लेखमार्फत स्वस्थ्य रहने ५० प्राकृतिक उपाय र नियमबारे जानकारी दिँदैछौं । जसको पालना गर्न सकेमा निरोगी जीवन जिउन सकिन्छ ।

– बिहान सुर्योदय पूर्व अर्थात घाम उदाउनु भन्दा पहिले जाग्ने ।
– निद्रा खुले लगत्तै आँखा खोल्नुपूर्व दिनभर सकारात्मक भएर बिताउँछु भन्ने संकल्प गर्ने ।
– आँखा नखोली दायाँ कोल्टे हुदैँ उठ्ने र आँखा नखोली पँलेटी कसेर १० मिनेट बस्ने ।
– दिसापिसाब जानु अघि राति तामाको भाडामा राखेको पानी २ गिलाससम्म पिउने ।
– दिसा गर्न निश्चित १० मिनेट मात्र छुट्याउने । साथै दिसा गर्दा जोड वा बल नगर्ने ।
– दिनभर जुनबेलामा पनि दिसा वा पिसाब लाग्नासाथ तुरुन्तै गर्ने, नरोक्ने ।
– दाँत माझ्न नरम ब्रसको प्रयोग गर्ने र हलुका तलमाथि र घुमाएर ब्रस गर्ने
– नियमित नुहाउने बानी बसाउने । र नुहाएको १ घण्टासम्म खाना नखाने ।
– नुहाउँदा शरीरमा खस्रो सुतीको कपडाले घर्षण गर्दै नुहाउने ।
– समय र मौसम अनुकूल हुदाँ बिहान बेलुका १५ मिनेट थोरै कपडामा घाम ताप्ने ।
– बिहान सँधै हिड्ने, व्यायाम गर्ने वा योगाशन, प्राणायाम, ध्यान गर्ने ।
– खाना खादाँ भोक लागेको बेलामा चाहिने मात्र खाने ।
– खाना खादाँ हरेक गाँस ३० पटकसम्म चपाएर मात्र निल्ने ।
– दैनिक साना शरिर भएकाले ३ लिटर ठुलो शरिर भएाले ४ लिटर पानी पिउने ।
– खाना खानुभन्दा पहिले १–२ घन्टा पहिले र खाएको १ घन्टापछि मात्र पानी पिउने ।
– तारेको, भुटेको वा बासि खानेकुरा खानबाट बच्ने ।
– प्याकेट बन्द खाना, सिसिका अचार अत्यन्त बोसोयुक्त खाना कम खाने ।
– चिल्लो, पिरो, मसलेदार र ओजिना हालेको खानेकुरा नखाने ।
– रंग हालेको, बिसादी झर्केको तरकारी खानबाट जोगिने ।
– बिहानको खानामा चोक्कर भएको गहुँको रोटी वा नफलेको चामलको भोजन गर्ने ।
– खानामा अनिवार्य दाल र सागसहित २/३ किसिमको तरकारी खाने ।
– दालमा अंकुरण भएको मुंग, चना वा गेडागुडीको दाल खाने ।
– खानामा अनिवार्य सलाद (गाँजर, मुला, काँक्रा, बन्दा, गोलभेंडा, धनियाँ÷पुदिना) खाने ।
– दिउँसोको खाजामा फलको रस, फलफूल वा सलाद खाने ।
– तरकारी होस् वा फलफूल खादाँ केवल मौसम अनुसारको मात्र खाने, बेमौसमी नखाने ।
– बेलुकाको खाना रोटी÷भात २० प्रतिशत र तरकारीको मात्रा ८० प्रतिशत बनाउने ।
– खानामा मैदाको सट्टा चोक्कर र चिनीको विकल्पमा सख्खरको प्रयोग गर्ने ।
– भावनात्मक आवेग रिस, दुःख, तनाव, पिर शान्त भएपछि मात्र खाना खाने ।
– खाना खादाँ प्रशन्न मुद्रा, शान्त, खुसी मनले मात्र खाने ।
– राती निदाउने समय ३ घण्टा अगावै खाने ।
– राती सूत्दा साधारण सुतीको हलुका र लुज सफा कपडा लगाउने ।
– जाडोमा पनि सुतीको कपडामाथि मात्र उनी कपडा लगाउने ।
– सुत्दा कपाल बाधेको, पेटी र पटुका खोलेर सुत्ने ।
– सुत्न नरम गद्दा वा डसनाको सट्टा कडा बिस्तारा, खाटको प्रयोग गर्ने ।
– सुत्ने सिरानी होचो राख्ने ।
– खाना खाने स्थान शान्त, सफा र रेडियो टेलिभिजन भन्दा टाढा हुनु पर्दछ ।
– खाना खाएको आधा घण्टासम्म घर आसपासमा नै टहल्ने ।
– कुनै पनि काम लगातार ३ घण्टा गरेपछि अनिवार्य आराम गर्ने र आखा झिमझिम पार्ने ।
– कम्प्युटर वा टेबुल वर्क गर्नेले हरेक घण्टा शरीर तन्काउने र आँखा चिसो पानीले धुने ।
– यस्ता काममा बस्दा ढाडलाई सिधा राख्ने ।
– दैनिक २÷३ पटकसम्म खुलेर हास्ने । यसले तनाब हट्नुका साथै शक्ति सञ्चार हुन्छ ।
– काममा कोहिसंग रिसराग, झर्कने वा फोहोरी नबोल्ने । यसले मन विचलित बनाउँछ ।
– सकेसम्म टाइट नहुने र हिल नभएको जुत्ता मात्र लगाउने ।
– दिउँसो सुत्ने बानी त्याग्ने । सम्भव नभएपनि दिउँसोको निन्द्रा ३० मिनेटमा सिमित पार्ने ।
– सधैं सकारात्मक चिन्तन गर्ने, आशावादी बन्ने, प्रेम र सहयोग गर्ने बानी बसाउने ।
– फुर्सदमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने ।
– बेलाबेलामा सुमधुर संगीत सुन्ने र सकेसम्म समयको सदुपयोग प्रगतिशील कार्यमा गर्ने ।
– उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामा र अर्को भुइँमा राख्ने र बदलिरहने ।
– घरका कोठा घाम छिर्ने, खुला, हावा आवत–जावत गर्ने र सफा वातावरणको बनाउने ।
– सुत्नु अघि तामाको भाडाँमा पानी राखेर अनिवार्य राति १० बजेभित्र उत्तानो परेर सुत्ने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : ०० बजे

 युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी 

काठमाडौं– रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर

इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– उच्च अदालतले पाटनले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण

 चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

एजेन्सी – चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

कञ्चनपुर– डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना

‘निजी अस्पतालले पनि विपन्न नागरिकलाई सुलभ सेवा दिनुपर्छ’ 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालले मात्रै नभई