नेकपा एमाले स्थायी कमिटी बैठक फेरि स्थगित « Khabarhub

नेकपा एमाले स्थायी कमिटी बैठक फेरि स्थगित


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ।

आज दिउँसो १ बजेलाई बोलाइएको बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आज दिउँसो २ बजे बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित गरिएको एमालेले जनाएको छ।

एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको थियो।

यसअघि सोमबार साँझ बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा नेपाल खनाल-नेपाल समूहका नेता भीम रावल पनि सहभागी भएका थिए । कार्यदलले सोमबार अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई सहमतिको दस्ताबेज बुझाएको छ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ४४ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार