नेमकिपाले भन्यो- सर्वोच्चको फैसला प्रजातन्त्र विरोधी कदम « Khabarhub

नेमकिपाले भन्यो- सर्वोच्चको फैसला प्रजातन्त्र विरोधी कदम


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सर्वोच्च अदालतको फैसला प्रजातन्त्र विरोधी कदम भएको टिप्पणी गरेको छ।

नेमकिपाले एक विज्ञप्ति जारी गर्दै फैसला व्यवस्थापिकामाथि न्यायपालिकाको आक्रमण र प्रजातन्त्र विरोधी कदम भएको जनाएको छ ।

सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो अवस्था आउनुनमा भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने तत्कालीन राजनीतिक दलहरु जिम्मेवार रहेको आरोप लगाएको छन्।

‘यो स्थिति आउनुमा भागबण्डामा न्यायाधीश नियुक्त गर्ने तत्कालीन शासनक दलहरु जिम्मेवार छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले भागबण्डामा न्यायाधीश नियुक्ति गर्नु गलत सावित गर्‍यो। नयाँ जनादेशमा जानु नै तत्कालको उपयुक्त विकल्प भएको पार्टीको अडान पुनः दोहोर्‍याउन चाहन्छौँ।’

यस्तै, सवोच्चको फैसला शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको सचिव सवालले बताएका छन्। ‘राजनीतिक दलका सांसदहरुलाई ह्विप नलाग्ने व्यवास्थाले प्रधानमन्त्री निर्वाचनमा सांसादहरुले दल बदल हुनेछ,’ उनले भने, ‘यो फैसलाबाट संसदीय व्यवस्थामा संसद विघटन गरी निर्वाचनमा जाने प्रधानमन्त्रीको विशेषाधिकारमाथि हस्तक्षेप भएको छ।’

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना