जसपाको कार्यकारिणी र सांसदहरूको बैठक बस्दै | Khabarhub Khabarhub

जसपाको कार्यकारिणी र सांसदहरूको बैठक बस्दै


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) ले केन्द्रीय कार्यकारिणी र सांसदहरुको बैठक बोलाएको छ।

जसपाको उपेन्द्र यादव-डा बाबुराम भट्टराईपक्षले आज दिउँसोलाई केन्द्रीय कार्यालयमा बैठक बोलाएको उक्त पक्षका एक नेताले जानकारी दिए।

सर्वोच्च अदालतले सोमबार संसद पुन: स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेपछि विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।

आजै कांग्रेस सभापति देउवाको शपथ हुने र सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारे पाँच दलीय गठबन्धनमा छलफल भएसँगै जसपाले सरकारमा सहभागिताको बारेमा आजको बैठकबाट निर्णय गर्ने ती नेताले जानकारी दिए।

कांग्रेससहितको गठबन्धनमा जसपाको उपेन्द्र-बाबुरामपक्ष रहेको छ।

उपेन्द्र- बाबुरामपक्षमा जसपाका १२ सांसद रहेका छन्। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका केही सांसद आफूहरुतर्फ आउनसक्ने आकलन उपेन्द्रपक्षले गरेको छ।

ठाकुरपक्ष भने संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै सरकारमा सहभागी भएको थियो तर सर्वोच्च अदालतले कामचलाउ सरकारले मन्त्री थप गर्न नपाउने भन्दै उनीहरुलाई पदमुक्त गरिदिएको थियो।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ४२ बजे

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि