अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्कायो – प्रधानमन्त्री ओली « Khabarhub

अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्कायो – प्रधानमन्त्री ओली


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको बताएका छन् ।

उनले यो फैसलाले देशमा लामो समय असर पार्ने पनि बताए । आज देशबासीका नाममा सम्बोधन गर्दै उनले अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको र यसको समीक्षा भविष्यले गर्ने उल्लेख गरे ।

सम्बोधनका क्रममा उनले अदालतको फैसलालाई आफूले पालना गर्ने स्पष्ट समेत पारे । उनले नेपालको संविधान नेपाली जनताको विश्वास र भावना, सपना जोडिएको पनि बताए ।

अदालतको आदेशले लोकतन्त्रप्रति विश्वास राख्नेलाई चिन्तित बनाएको उनले बताए। आवधिक निर्वाचन मार्फत जनप्रतिनिधि चयन हुनु सबैभन्दा महत्वपूर्ण भएको ओलीले दोहोर्‍याए।

ओलीले दलीय ह्वीप लाग्दैन भन्ने अदालतको व्याख्याले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको बताए। उनले फैसलबाट संविधानको संशोधन गरेर पछि फर्कने काम गरेको आरोप लगाए।

‘४६ सालपछि पनि हामीले राजनीतिका विभिन्न स्वरुपहरु देखेका छौ। हाम्रो चिन्ता राजनीतिक जोखिमको हो। सर्वभौमसत्ता जनताको राजनीतिक विषय जोडिएको मुद्दामा अदालतले अत्यन्त संवेदनशिल हुनुपर्ने हो,’उनले भने।

राजनीतिक विषयका मुद्दामा हातै नहाल्ने यसअघि नै अदालतको नजिर रहेको उनको दाबी थियो।

प्रधानमन्त्री ओलीले सरकारबाट बाहिरिनु परेकोमा आफुलाई रत्तितर चिन्ता नभएको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले सम्पुर्ण काम इमान्दारी ढंगले गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  २ : ४८ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान