रेफ्रीले नै गोल गर्न खोजेको ओलीको आरोप « Khabarhub

रेफ्रीले नै गोल गर्न खोजेको ओलीको आरोप


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको तीव्र आलोचना गर्दै रेफ्रीले नै गोल गर्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीका रुपमा सिंहदरबार छाड्नु अघि अन्तिम सम्बोधन गर्दै ओलीले फैसलाले नेपालमा दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको आरोप लगाए ।

उनले भने ‘रेफ्री स्वयम्‌ले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ ।’

ओलीले अदालतबाट आउने सम्भावित फैसला अघि नै खास व्यक्ति र समूहलाई प्राप्त हुने अवस्था पनि देखिएको उल्लेख गर्दै राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बल्याउने काम भएको बताए ।

अदालतले जस्तो सुकै अप्रत्यासित फैसला गरेपनि त्यसलाई कार्यान्वयन गर्ने बताए । साथै उनले पार्टी कार्यकता र जनतालाई संयम हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम भएपनि बताए ।

ओलीले आफ्नो सम्बोधनमा भने, ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । यो फैसलाको समयले अग्‍निपरीक्षा लिनेछ ।’

२०४६ सालपछि देखिएका राजनीतिक विकृतिका विभिन्न स्वरुपहरू देखेको भन्दै त्यसको पुनरावृत्ति हुने चिन्ता उनले व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : १९ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा