रेफ्रीले नै गोल गर्न खोजेको ओलीको आरोप « Khabarhub

रेफ्रीले नै गोल गर्न खोजेको ओलीको आरोप


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको तीव्र आलोचना गर्दै रेफ्रीले नै गोल गर्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीका रुपमा सिंहदरबार छाड्नु अघि अन्तिम सम्बोधन गर्दै ओलीले फैसलाले नेपालमा दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको आरोप लगाए ।

उनले भने ‘रेफ्री स्वयम्‌ले गोल गर्ने र खास पक्षलाई जिताउने इच्छा भयो भने जोखिम हुन्छ ।’

ओलीले अदालतबाट आउने सम्भावित फैसला अघि नै खास व्यक्ति र समूहलाई प्राप्त हुने अवस्था पनि देखिएको उल्लेख गर्दै राष्ट्रका विभिन्न अंगबीचको सन्तुलन खल्बल्याउने काम भएको बताए ।

अदालतले जस्तो सुकै अप्रत्यासित फैसला गरेपनि त्यसलाई कार्यान्वयन गर्ने बताए । साथै उनले पार्टी कार्यकता र जनतालाई संयम हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्याले पछि फर्किने गरी संविधानको संशोधन गर्ने काम भएपनि बताए ।

ओलीले आफ्नो सम्बोधनमा भने, ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । यो फैसलाको समयले अग्‍निपरीक्षा लिनेछ ।’

२०४६ सालपछि देखिएका राजनीतिक विकृतिका विभिन्न स्वरुपहरू देखेको भन्दै त्यसको पुनरावृत्ति हुने चिन्ता उनले व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : १९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस