युवा संघले ब्युँतायो ‘युथ फोर्स’, तत्काल ५० हजार युवा परिचालन गर्ने « Khabarhub

युवा संघले ब्युँतायो ‘युथ फोर्स’, तत्काल ५० हजार युवा परिचालन गर्ने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युँताएको छ ।

वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्षपछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई ब्युँताउने घोषणा गरेको हो ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्यँतिएको घोषणा गरे । माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिएको युथफोर्स पुनः मुलुकको लागि आवश्यक परेको भन्दै ब्युँताएको हो ।

युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितिमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डले जस्तै काम गर्ने दाबी गरिएको छ ।

युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकताबद्ध बनाई परिचालन गर्ने जनाएको छ । फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेबेलाई जिम्मेवारी दिएको छ । त्यस्तै सहसंयोजमा संघकै उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थेबेको संयोजकत्ममा ५ सय १ केन्द्रीय कमाण्ड रहने संघले जनाएको छ ।

यस्तै युथ फोर्सले देशभर १ सय ७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने भएको छ । जसमा २५ वटा काठमाडौँ उपत्यकाभित्र रहनेछन् भने १ सय ५० वटा उपत्यका बाहिर रहने छन् । जसको मुख्य कमाण्ड पार्टीको निर्देशन अनुसार संघका अध्यक्ष पौडेलले गर्नेछन् ।

एमालेविरुद्ध षड्न्त्रमुलक तवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भरमा मुलुकलाई नै बन्धक बनाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा राष्ट्रिय अखण्डता तथा नेपालमा लामो समयसम्मको जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई ध्वस्त बनाई निर्दलीय, निरंकुश तथा पञ्चायती शैलीलाई अंगिकारी गरी कांग्रेस, माओवादी, जनता समाजवादी (जसपा) उपेन्द्र यादव पक्ष तथा जनमोर्चालगायका दलहरुले गर्न खोजेको भन्दै अध्यक्ष पौडेलले मुलुकलाई अस्थितरताको बाटोमा लैजान नदिने उद्घोष गरे ।

युथ फोर्स गठन कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले कानुनलाई हातमा लिने नभई साथमा लिएर मुलुकमा भइरहेको राजनीतिक विकृति, विसंगती तथा अदालतले सेटिङ तथा डलरको भरमा गर्ने निर्णयको विरुद्धमा भण्डाफोर अभियान चलाउने बताए ।

जनतामा जाने निर्णयलाई परमादेश जारी गर्दै अदालतले नाङ्गो नाँच देखाएको उल्लेख गर्दै शेरबहादुर देउवाले प्रतिनिसभाबाट विश्वासको मत प्राप्त गर्न नसक्ने समेत बताए ।

विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा पुनः निर्वाचनमा नै जाने अवस्था आएको खण्डमा प्रधानमन्त्री ओलीको जनादेशमा जाने निर्णयलाई उल्ट्याउने सर्वोच्चका न्यायाधीशहरुले जनताको माँझमा मास्क लगाएर हिँड्ने दिन एक महिना भित्रमा नै आउने आक्रोश जनाए ।

उनले भने, शेरबहादुर देउवाले विश्वासको मत पाउन सक्नुहुन्न ? त्यसपछि केपी ओलीले गरेको निर्णय पुनः खड्किएर आउनेछ । एक महिनपछि पुनः संसद विघटन गरि निर्वाचनमा जानुपर्ने अवस्था आएपछि सर्वोच्चका न्यायाधिसहरु कुन माक्र्स लगाएर हिड्नुहुन्छ ? त्यो दिन चाँडै आउँदैछ ।’

प्रधानमन्त्री ओली तथा एमाले बालुवाटारबाट बालकोट जाने नभई जनताको माझमा जाने स्पष्ट पार्दै नेता बस्नेतले जनताबाट अनुमोदित भई अबको ६/७ महिनामा पुनः एमालेले मुलुकको नेतृत्व गरी सिंहदरबार प्रवेश गर्ने उद्घोष गरे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : २३ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका