आपराधिक क्रियाकलापमा संलग्न चार जना पक्राउ « Khabarhub

आपराधिक क्रियाकलापमा संलग्न चार जना पक्राउ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न आपराधिक क्रियाकलापमा संलग्न चार जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

वन्यजन्तुको अङ्गसहित दुई र बैंकिङ कसुरमा संलग्न दुई गरी चार जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले ललितपुरको गोदावरीबाट दुई जनालाई कस्तुरीको बीनाजस्तो देखिने एक थान आखेटोपहारसहित पक्राउ गरेको आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा दुबै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगञ्जका उदयकुमार कोइराला रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उक्त कसुर प्रमाणित भए रु पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

यसैबीच उच्च अदालत पाटनको विसं २०७७ को फैसलाले १५ दिन कैद र रु ५५ लाख जरिवाना तोकिएको ललितपुर घर भई हाल काठमाडौँको थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै उच्च अदालत पाटनको विसं २०७६ को फैसलाले सात दिन कैद र रु ५२ लाख जरिवाना तोकिएका काठमाडौँको शान्तिनगर बस्ने महेन्द्रप्रसाद मिश्रलाई पनि काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै