ढिलो हुनुअघि नै वैश्विक व्यवासायले जलवायु परिवर्तन सम्बोधन गर्नै पर्छ | Khabarhub Khabarhub

ढिलो हुनुअघि नै वैश्विक व्यवासायले जलवायु परिवर्तन सम्बोधन गर्नै पर्छ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसले सामना गर्नु परेका थुप्रै ठूला चेतावनी मध्येको एउटा जलवायु परिवर्तन पनि हो । गएका केही सातमा मात्रै संसारभर डढेलोको समस्या देखिए ।

अमेरिकी शहरमा क्रुर तातो हावाले विध्वंश मच्चायो । बाढीले युरोप र एसियामा समेत गरी सयौँको ज्यान लियो । जलवायु परिवर्तनको असर अझै देखिँदै छ । जलवायु परिवर्तनका असरहरू दुःखदरूपमा देखा पर्दैछन् । यी चरम दुर्घटनाहरू झन् खराब हुनेछन् ।

सार्थक बनाउन मापनयोग्य प्रगति एउटा स्मारकजस्तो काम हो । ग्रह र भावी पुस्ताका खातिर यहाँ सक्रिय रहेका सबै व्यवसायी र पेसाकर्मी जलवायु परिवर्तनका विरुद्धमा लड्नका लागि कदम चाल्न र तत्काल सक्रिय हुन अति आवश्यक रहेको छ ।

यो यसरी गर्न सकिन्छ :

आफ्नै उत्सर्जन घटाएर

भर्खरैको ‘जी सेभेन’ सम्मलेनमा संसारका नेताहरूले ऊर्जा संक्रमणमा आफूलाई केन्द्रित गर्दै प्रदूषणरहित ऊर्जा मात्र उत्पादन गर्ने र जलवायु परिवर्तनका बारेमा विगतमा भन्दा प्रभावकारी कदम चाल्ने प्रतिज्ञा गरे । अन्य विषयमा, उनीहरूले सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको कुरामा प्रतिबद्धता जनाए, सन् २०३० सम्ममा हालको उत्सर्जन आधा बनाउने तथा सन् २०३० सम्ममा जमिन र महासागर कमसेकम ३० प्रतिशत संरक्षण गर्नेमा प्रतिबद्धता जनाए ।

व्यवसायी समुदायले संसाभरिका सरकारले तय गरेको लक्ष्य पूरा गर्न आफैँले गर्ने काममा ध्यान दिएर उत्सर्जन घटाउन जरुरी छ ।

सत प्रतिशत नवीकरणीय ऊर्जामा प्रतिबद्धता जनाउँदै सयौँ कम्पनीहरूले यसका लागि पहिलो कदम चालिसकेका छन् । धेरै संख्यामा कम्पनीहरू आफ्नो लक्ष्यमा शतप्रतिशत नै सफल हुँदै छन् । यसका लागि प्राविधिक क्षेत्रले यो चरणको विशेष नेतृत्व लिएको छ । थप धेरै, त्यहाँ पुग्न विज्ञानमा आधारित योजना तयार गरेको छ ।

जोखिम प्रकट गरेर, स्तरीय मानक अपनाएर

कम्पनीहरूले जलवायु परिवर्तनले ल्याउन सक्ने जोखिमका बारे विश्लेषण गर्नुपर्छ र यो सूचना सार्वजनिक रूपमै जानकारी दिनुपर्छ । जोखिम बढाउने र घटाउने तत्व बुझ्न विश्व पुँजी बजारसँग उच्च गुणस्तरको स्थायी र तुलनायोग्य डाटाहरू आवश्यक छ । प्रभावकारी ढङ्गले पुँजीको बाँडफाँड र वित्तीय संक्रमण बढी लचिलो तथा कम कार्बन युक्त अर्थतन्त्र बनाउन सकिन्छ ।

वित्तीय बजारमा सही सूचना प्रवाह गर्दै हामीले मुद्राको तरलतालाई विश्वस्त बनाउन सक्छौँ, जहाँ यसले लचिलोपनलाई बढवा दिन र उत्सर्जनमा संसारभर अङ्कुश लगाउन जरुरी छ ।

संसारलाई सँगै बसेर नियाल्दा कोभिड–१९ विरुद्धको लडाइ प्रेरणाका लागि कम्ती थिएन । तर, जब समुदाय महामारीबाट ठिक भएर आए, कुनै काम गर्ने सवालमा उनीहरू पहिले गरेको भन्दा फरक भएनन् ।

यसको मतलब कम्पनीले दीर्घकालीन रुपमा जलवायु सम्बन्धित जोखिम हेरेर व्यवसाय गर्ने क्रममा उच्च मूल्य दर उजागर गर्ने छन् । जलवायुका कारणले आउने समस्या समाधान भएसँगै पुँजी सस्तो हुँदै जानेछ । हामीले यो दृश्य अहिले नै देखिसकेका छौँ ।

एक छिनलाई उदाहरण हेरौँ, नयाँ कोइला खानीको योजना बनाउने खानी कम्पनीले हताहत बिमाको व्यवस्था गर्दैन वा कुनै सम्पत्तिको प्रस्ताव गर्दैन । त्यो कालो ढुङ्गाको लगानी निश्चित सीमामा हुन्छ, जसले वातावरणको जोखिम बढाउँछ ।

जलवायु परिवर्तनको प्रभावका बारेको रिपोर्टलाई बढवा दिने, त्यसता व्यवसायबाट म प्रोत्साहित छु र विश्व आर्थिक मञ्चको सरोकारवाला ‘स्याप्टलिज्म मेट्रिक्स’ जस्ताबाट पहल लिँदै पारदर्शी र उत्तरदायित्व बढाउन चाहन्छु । यसबाट वातावरणीय, सामाजिक र शासन ( ईएसजी) खुलासा गर्न कम्पनीले रिपोर्ट तयार गर्न सक्ने छन् ।

जी सेभेनको अहिलेको जलवायु प्रतिवेदनको मापदण्ड स्वीकार गर्ने प्रतिज्ञा गरेकाले अहिलेको अवस्थामा वातावरण नियमित हुने कुरा बलियो बनाउँछ ।

कामदारलाई शिक्षित बनाउने

व्यवसायी नेताकै रूपमा हामीले यो बुझ्नु जरुरी छ कि जनता नै हाम्रा सबैभन्दा ठूला सम्पत्ति र हाम्रा लागि सुपर पावर हुन् । । साङ्गठनिकरूपमै जलवायु सम्बन्धी शिक्षाका बृहत् कार्यक्रमहरू लागु गरेर व्यवासायिक रूपले नै उनीहरूको कामको हरेक गहिराइमा स्थिरताको संस्कार र जलवायु सचेत विचारको विकास गर्न सकिन्छ ।

यो किन हो भने यसै महिनाको शुरूमै डेलोटीले संसारभरमा ३ लाख ३० हजार पेसागत व्यक्तिलाई जलवायुसँग सम्बन्धित नयाँ शिक्षा दिन शुरू गर्दै छ ।

विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) सँगको सहयोगमा हुने यो कार्यक्रम जलवायु परिवर्तनको प्रभावहरूमा मान्छेलाई अभ्यस्त राख्नका लागि तयार गरिएको हो । यो कार्यक्रमले त्यसमा कसरी प्रतिक्रिया जनाउने भनेर बुझ्न र काममा प्रयोग गर्न प्रेरित गर्ने छ ।

जलवायुको वकालत गर्न कार्यदल बनाएर र जलवायु गतिविधिको संस्कार बसालेर धेरै टाढासम्म प्रभाव पार्ने गरी संक्रमणकालमा पनि टिकाउ हुने व्यवसायी मोडललाई सहयोग पुग्ने गरी संयन्त्र सिर्जना गर्न सक्छौँ ।

जलवायु राजनीतिको वकालत गरेर

व्यवसायीहरूले उनीहरूको सामूहिक शक्तिबाट जलवायु राजनीतिका लागि सन् २०५० या अगाडि नै शून्यमा पुग्ने लक्ष्यसहित जलवायु राजनीतिका बारे वकालत गरेर लाभ लिन सक्छन् ।

अब यस्तो विश्वव्यापी समन्वयको शुरूवात गरौँ जुन सम्भव छ भन्ने हामीलाई थाहा छ । मानवताका लागि अहिलेसम्म सामना गरिएमध्येकै ठूलो चुनौतीका लागि अहिले नै कदम चालौँ ।

यसका साथै संसारभरका कार्यकारी सहकर्मीसँगै मैले पनि सरकारी नेताहरूका सामु कार्बनको मूल्य वृद्धि गर्दै यसको संक्रमणबाट द्रुत गतिमा पार पाउन जीवाश्म इन्धनमा लगानी बढाउन आवाज उठाउनका लागि हस्ताक्षर गरेँ ।

पछिल्ला वर्ष जहाज र सामान आपूर्ति गर्ने दिग्गजदेखि मुख्य खुद्रा व्यापारीसम्मले व्यवस्थित परिवर्तनका लागि समान खालको कदम चालेका छन् । साथै, तेल र ग्यास क्षेत्रले समेत कार्बनको मूल्य बढाउने कुरामा साथ दिने जनाइसकेका छन् ।

मैले यो चुनौतीको उठान गर्न नेताहरूलाई भनेँ । तिनीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित योग्यताका साथमा जलवायुको बारे ज्ञान पनि पाउनुपर्छ । यो नै ठूलो कामको निम्ति स्प्रिङबोर्ड हुन सक्छ र यसले सामुन्ने आएको जनवायु संकट सम्बोधन गर्न ध्यान केन्द्रित गराउँछ ।

संसारलाई सँगै बसेर नियाल्दा कोभिड–१९ विरुद्धको लडाइ प्रेरणाका लागि कम्ती थिएन । तर, जब समुदाय महामारीबाट ठिक भएर आए, कुनै काम गर्ने सवालमा उनीहरू पहिले गरेको भन्दा फरक भएनन् ।

अब यस्तो विश्वव्यापी समन्वयको शुरूवात गरौँ जुन सम्भव छ भन्ने हामीलाई थाहा छ । मानवताका लागि अहिलेसम्म सामना गरिएमध्येकै ठूलो चुनौतीका लागि अहिले नै कदम चालौँ ।

कम्पनीको हकमा, सबै सरोकारवालाका लागि लामो समय टिकाउ हुने मान्यता स्थापित गर्न उनीहरूले न्यायसङ्गत र टिकाउपूर्ण भविष्यका लागि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । हाम्रो भविष्य यसैमा निर्भर छ ।

(पुनीत रेन्जन डेलोइटे ग्लोबलमा कार्यकारी प्रमुख हुन् । सिएनएनएनमा ९ अगस्टमा प्रकाशित उनको यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ९ : ०८ बजे

सडक विस्तार गर्न बागलुङ-बेनी खण्ड बन्द

गलकोट– कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने

आजदेखि कैलालीका सीमानाका बन्द

अत्तरिया– भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने

आज पनि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्‌मा बोल्न दिने

काठमाडौं– नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च