थप दुई शहर कब्जा गरेको तालिबानको दाबी « Khabarhub

थप दुई शहर कब्जा गरेको तालिबानको दाबी


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ ।

शुक्रबार बिहान उनीहरुले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरुले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

यस सहर नियन्त्रणमा लिएर आफूहरुले ठूलो सफलता हासिल गरेको पनि उनीहरुको दाबी छ । दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन् ।

त्यस सहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो । त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।

कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । त्यसैले उनीहरुले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।

पछिल्ला दिनहरुमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो ।

उनीहरुको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरुले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ५९ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र