बैठकको आन्तरिक कुरा बाहिर ल्याउनु दुर्भाग्यपूर्ण : डा महत | Khabarhub Khabarhub

बैठकको आन्तरिक कुरा बाहिर ल्याउनु दुर्भाग्यपूर्ण : डा महत


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले पार्टी बैठकको आन्तरिक छलफलको विषय बाहिर ल्याउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

उनले छलफलका क्रममा बोलेको विषयलाई पार्टी भित्रैबाट बाहिर ल्याउनु दुखद भएको बताए ।

आज विज्ञप्ति जारी गर्दै नेता महतले तोडमोड गरी आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘मैले प्रधानमन्त्रीको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताका बीचमा राखेका कुरालाई जोडेर “शेर बहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा सञ्चार माध्यमहरुमा एकपछि अर्कोगरि सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ।’

महतले आफूले प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधैं प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने भएपनि किन सामाजिक सञ्जालको सहयोग लिएको भनेर जिज्ञासा मात्र राखेको भएपनि छलफलका क्रममा नभनेका कुरालाई तोडमोड गरि सञ्चारमाध्यममा प्रसारण हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : ४८ बजे

बाढीपहिरो पीडित लाभग्राहीको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर– गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

श्रीलंकाको विकासमा सहयोग गर्न भारत प्रतिवद्ध

काठमाडौं– श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले श्रीलंकाका लागि भारतका

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि