कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा « Khabarhub

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा दिएका छन् ।

महाधिवेशनको मिति समेत घोषणा भइसकेको अवस्थामा २२ जना केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएको केन्द्रीय सदस्य कल्याण गुरुङले पुष्टि गरे ।

सबै तहका सभापतिहरुलाई महाधिवेशनमा उम्मेदवार हुनका लागि बुथबाट निर्वाचित हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै राजीनामा दिएका केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।

उनले अरु केन्द्रीय सदस्यहरुलाई बुथबाट निर्वाचित हुननपर्ने व्यवस्था रहेको भएपनि आमन्त्रीत केन्द्रीय सदस्यहरुलाई विभेद गरिएकाले राजीनामा दिएको उनले बताए ।

उनले भने,‘निर्वाचित केन्द्रीय सदस्यहरु जस्तै सबै जिल्ला सभापतिसहित हामीलाई पनि अधिकार दिन माग गर्दै राजीनामा दिएका हौं ।’

कांग्रेस केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ । कांग्रेसको विधानअनुसार आमन्त्रित केन्द्रीय सदस्यहरुलाई मतदानको अधिकार दिइएको छैन । त्यस्तै उनीहरु समेत बुथबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ०१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको