शनिबार बस्ने माओवादी बैठकमा अध्यक्ष प्रचण्डको ‘राजनीतिक र सांगठनिक’ प्रतिवेदन प्रस्तुत गरिने « Khabarhub

शनिबार बस्ने माओवादी बैठकमा अध्यक्ष प्रचण्डको ‘राजनीतिक र सांगठनिक’ प्रतिवेदन प्रस्तुत गरिने


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको तत्कालीक राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिने भएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको तत्कालीक राजनीतिक र सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको हो ।

प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमन विरोधी संघर्ष र कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृतिको विरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिगमनकारी कदम असफल भएता पनि प्रतिगमत प्रति सजक रहदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति बाम सहकार्यलाई अगाडि बढाउने पनि प्रस्तावमा उल्लेख गरेको उनले बताए ।

पार्टीलाई व्यवस्थित र सदृढिकरण गर्ने, आवश्यक ध्रुवीकरणको विषयलाइ पनि प्रचण्डको प्रस्तावमा सामावेश गरिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी स्थायी कमिटी बैठक शनिबार साढे १० बजे बस्ने र ११ बजे केन्द्रीय कमिटी बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ७ : ४४ बजे

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

काठमाडौं– अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग