बंगलादेशमा हिन्दुहरूमाथि भएको आक्रमणको विश्व हिन्दू महासंघद्वारा निन्दा « Khabarhub

बंगलादेशमा हिन्दुहरूमाथि भएको आक्रमणको विश्व हिन्दू महासंघद्वारा निन्दा


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा हिन्दूहरुमाथि भएको आक्रमणको हिन्दू समुदायहरुले निन्दा गरेका छन् ।

बंगलादेशको खुलाना जिल्ला शियली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति तोडफोड एवं लुटपाट भएपछि हिन्दु समुदायले विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार भजनकीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो । निरन्तर हिन्दु समुदायमाथि आक्रमण, मठमन्दिरमा समेत लुटपाट र तोडफोड हुन थालेपछि विश्व हिन्दु महासंघ बंगलादेश च्याप्टरले शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई ज्ञापन पत्र पठाएको छ ।

ज्ञापनपत्रमा हिन्दुहरुमाथि भइरहेको श्रृंखलाबद्ध आक्रमण तथा ज्यादति रोक्न र उनीहरुको सुरक्षा गर्न माग गरिएको छ । हिन्दु अल्पसंख्यक नागरिकमाथि साम्प्रदायिक हिंसा भइरहेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

बंगलादेश शाखाका महासचिव दीपन मित्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा पछिल्लो आक्रमणपछि बंगलादेशमा हिन्दु समुदायले असुरक्षित र सहयोगविहीन अवस्थाको अनुभूति गरेको उल्लेख गरिएको छ ।

उनीहरुले दोषीमाथि कडा कारबाहीको माग राख्दै प्रधानमन्त्री हसिना समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजिबुर रहमानले देखाएको समावेशी एवं धार्मिक अधिकारसहित सबैको साझा मुलुक बनाउने सपनालाई उनकी छोरीको नेतृत्वमा भएको वर्तमान सरकारले साकार गर्नुपर्ने पनि महासचित्र मित्रले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

हिन्दु समुदायमाथि भएको आक्रमण घटनाको विरोध गर्दै विहीबार खुलना पिक्चर प्यालेसमा समेत उनीहरुले प्रदर्शन गरेका थिए ।

विश्व हिन्दु महासंघ बंगलादेश शाखा, जातीयो हिन्दु महाजोते, बंगलादेश हिन्दु परिषद्, शिबशक्ति लगायत स्थानीय हिन्दु संघसंस्थाका प्रतिनिधि विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

स्थानीय अतिवादी मुस्लिम समूहले हरि मन्दिर, दुर्गा मन्दिर, गोविन्द मन्दिर र भित्रका मुर्तिहरु तोडफोड गरेको जनाइएको छ । यसैगरी शियाली महास्मशान मन्दिरमा कीर्तन भजन चलिरहेका बेला आक्रमण भएको थियो ।

यस्ताे छ पत्र 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १० : २३ बजे

चर्का भाषण गर्नेबाट देश रूपान्तरण हुन सक्दैन: महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले चर्का भाषण

आन्दोलनले चिन्ने, सत्ताले नचिन्ने युवाशक्ति

लामो इतिहासपछि देश युवाको काँधमा सरेको छ । यसअघिका सारा

राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा– ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी खेलाडीको विवादित गायन: ‘फकल्यान्डका लागि इंग्ल्यान्डलाई हराउँछौँ’

काठमाडौँ – विश्वकपको सेमिफाइनलमा साविक उपविजेता अर्जेन्टिना र इंग्ल्यान्डबीचको भेट