कांग्रेस पौडेल समूहको बैठक आज, वडा अधिवेशनको विवादमा छलफल गर्ने « Khabarhub

कांग्रेस पौडेल समूहको बैठक आज, वडा अधिवेशनको विवादमा छलफल गर्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको वडा अधिवेशनमा देखिएको विवाद तथा ठाउँठाउँमा भएको क्रियाशील सदस्यता विवादबारे छलफल गर्ने तयारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा जबरजस्ती वडा अधिवेशन गराइएको तथा २० जिल्लामा भएको क्रियाशील सदस्यता विवाद समाधान नगरिएको भन्दै पौडेल समूह छलफलमा बस्न लागेको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

क्रियाशील सदस्यता विवादका कारण १८ भदौ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ । ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ ।

डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो । महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो ।

अधिवेशनमा भएको विवाद र क्रियाशीलता विवाद नहुँदा महाधिवेशनको मूल मितिमै प्रभाव पार्न सक्ने भएकाले तत्काल समस्या समाधान गर्न पौडेल समूहले सभापति देउबालाई दबाब दिने तयारी गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ५९ बजे

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

बङ्गलादेशको अखवार भवनमा आगलागी, २५ जना पत्रकारको उद्धार

ढाका- ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट