मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता « Khabarhub

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता भएका छन् ।

महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताए ।

उनले भने, ‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो नपाउँदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौँ ‘, विष्णुमायाले भक्कानिँदै भनिन् ।

मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको उनको भनाइ थियो । अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपतविपत् परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोरा आमाबाबु चौबिसै घण्टा पिरोलिने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना विकले बताइन् ।

काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए ।

चार वर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएको उनको भनाइ छ । सर्वजितलाई विदेश पठाएको मेनपावर अहिले बन्द भएको छ ।

हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको उनले बताए । विक परिवार अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : १५ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु