एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा « Khabarhub

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् ।

गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाडौंसहितका सहरमा प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ३५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी