निर्देशक सुमनलाई एनआरएनएको सम्मान « Khabarhub

निर्देशक सुमनलाई एनआरएनएको सम्मान


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशमा रहेर नेपाली गीतसंगीत, कला संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्याउँदै आएका फिल्म तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो ।

सुमन पाँच वर्षयता क्यान्टकीको ल्याक्सिङटनमा रहेर भिडियो निर्देशन र विभिन्न सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । कार्यक्रममा एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोस्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुली, एनआरएनए क्यान्टकीका पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई ‘एनआरएनए मुभमेन्ट सम्मान’बाट सम्मानित गरिएको थियो ।

यस्तै नृत्यतर्फ बाल कलाकार बारुणी पान्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयमसेवकहरु सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई ‘युथ स्पोर्ट अवार्ड’ प्रदान गरिएको थियो ।

यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा २०१८ देखि २०२१सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठीले सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाइटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायतको उपस्थिति थियो ।

एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिव अर्जुनकिशोर न्यौपानेले सञ्चालन गरेको सम्मान कार्यक्रममा कलाकार बारुणी पान्डेले नृत्य र विष्णु डुम्रेले गायन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ०७ बजे

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग

कृषि सामग्री कार्यालय जनकपुरधाम : ४३ करोडको रासायनिक मल बिक्री

जनकपुरधाम– नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा

अमेरिकी नाकाबन्दी जारी रहँदा रुसी ट्याङ्करलाई क्युबा प्रवेश गर्न अनुमति

हवाना- अमेरिकाले महिनौँदेखि जारी तेल नाकाबन्दीपछि रुसी स्वामित्वको एक कच्चा

अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत युवक मृत भेटिए

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित अपर तमोर हाइड्रो कम्पनीमा

प्रधानमन्त्रीलाई एमाले सांसदले भने : काम गर्न सबैसँग मिल्नुपर्छ, हाम्रो अध्यक्षलाई रिहा गर्नुस्

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग