एमालेले माग्यो सभामुखको राजीनामा, सर्वदलीय बैठकमा नजाने « Khabarhub

एमालेले माग्यो सभामुखको राजीनामा, सर्वदलीय बैठकमा नजाने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको राजीनामा मागेको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै आएको एमालेले प्रतिनिधिसभा लगातार अवरोध गरिरहेको छ ।

संसदको अवरोध खुलाउन विषयमा सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । सो बैठकमा पनि एमाले नजाने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा गएर केही उपलब्धि नहुने भएकाले आफूहरु बैठकमा नजाने बताए ।

उनले खबरहबसँग भने, ‘एमाले विभाजनमा उहाँको भूमिका छ । उहाँ बोलाएको बैठकमा के उपलब्धि हुन्छ छ र ? त्यसैले जाँदैनौँ ।’ उनले सभामुख सापकोटाले राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘हामीले कारबाही गरेका १४ जना सांसदलाई कि कारबाही गरेको सूचना ढिलै भए पनि टास्नु पर्यो कि राजीनामा दिनुपर्यो ।’
भदौ १ गते एमालेले साउन २५ को निर्णय भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरिएको सूचना संसद सचिवालयमा

दर्ता गराएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा ‘अध्ययन’ गरिरहेको बताएर सूचना प्रकाशित गरेनन् । भदौ २ मा माधवकुमार नेपालसहितका सांसदहरुले एमाले विभाजन गर्दै नयाँ दलका लागि निर्वाचन आयोगमा निवेदन दिए । भदौ ९ गते निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी)लाई वैधता दियो ।

निर्वाचन आयोगले एमाले विभाजन गरेर बनेको दललाई वैधता दिएपछि सभामुख सापकोटाले ती १४ जना सांसदलाई कारबाही गरिएको सूचना प्रकाशित गर्नुनपर्ने निर्णय लिए । यही विषयलाई लिएर एमालेले सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।

यो प्रकरणमा एमालेले १४ जना सांसद विरुद्ध सर्वोच्चमा मुद्दा पनि दायर गरेको छ । सोमबार सो मुद्दाको सुनुवाइ हुँदैछ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ३९ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद