रहेनन् ‘एक्लै बस्दा’ गीतकार देव « Khabarhub

रहेनन् ‘एक्लै बस्दा’ गीतकार देव


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार देव बज्राचार्यको ६४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । केही समययता छाती र मुटुको समस्याबाट ग्रसित गीतकार बज्राचार्यको बयोधा अस्पतालमा उपचारका क्रममा बिहान २ः४५ मा निधन भएको हो ।

गीतकार बज्राचार्यका गीतहरु ‘एक्लै बस्दा सधैं मलाई’, ‘प्रिय तिम्रो मुहारमा’, ‘उदास मेरो जीवन’लगायतका गीत लोकप्रिय छन् ।

सन् २००९ फागुन १४ गते काठमाडौं ओमबहालमा जन्मिएका उनको भोलि मंगलबार बिहान १० बजे टेकु दोभानमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

बज्राचार्यको श्रीमती, एक छोरा र तीन छोरी छन् । बज्राचार्य संगीतकार न्ह्यू बज्राचार्यका काका हुन् । उनको गीतमा अरुणा लामा, मिरा राणा, मधु क्षेत्रीलगायतले स्वर दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : ४६ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र