राष्ट्रियसभा बैठकमा पनि एमाले अवरोध, बैठक स्थगित « Khabarhub

राष्ट्रियसभा बैठकमा पनि एमाले अवरोध, बैठक स्थगित


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा पनि अवरोध जारी राखेको छ । सोमबार बैठक सुरु भएपछि एमालेका सांसदहरुले आ आफ्नो स्थानबाट उठेर विरोध जनाए ।

एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर संसद अवरोध गरिरहेको छ । एमाले विभाजनमा सभामुखको भूमिका रहेको उसको आरोप छ । यही विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरोध गरिएको हो ।

एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेपछि सभाअध्यक्ष गणेश तिम्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : १९ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी