अफगानिस्तानमा गृहयुद्ध सकिएको छैन, हामी प्रतिकार गर्छौं | Khabarhub Khabarhub

अफगानिस्तानमा गृहयुद्ध सकिएको छैन, हामी प्रतिकार गर्छौं


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्ला दिनहरूमा अफगान युद्ध सकिएको धारणा सहितका हेडलाइनले सञ्चार माध्यममा प्राथमिकता पाए । अमेरिकी सेना फर्किएको साँचो हो तर दशकौँ लामो गृहयुद्धले निरन्तरता पाउने नै छ । यथार्थमा युद्ध नयाँ चरणमा प्रवेश गरेको छ । जहाँ तालिवानले देश पूरै कब्जा गरेको छ तर उनीहरूको प्रतिरोध गर्ने शक्ति पनि तयार हुँदैछ ।

यो प्रतिरोधको नेतृत्व सान्ध्रुस्टबाट ग्राजुएट ३२ वर्षीय अहमद मसाउदले गरेका छन्, जो ‘लिजेन्डरी’ अफगान कमान्डर अहमद शाहका छोरा हुन् । सन् १९८९ मा सोभियतले अफगान छाड्नुमा बाबु मसाउदको भूमिका पनि थियो । सेप्टेम्बर ११ को आक्रमणअघिसम्म तालिवानले अफगानिस्तानको अधिक भूभाग कब्जा गरेको समयमा तिनीहरूको प्रतिरोधको नेतृत्व पनि उनै बाबु मसाउदले गरेका थिए ।

सेप्टेम्बर ११ को घटना हुनुभन्दा दुई दिनअघि ओसामा बिन लादेनले सञ्चालन गरेको समूहबाट उनको हत्या भएको थियो ।

कान्छा मसाउदले अन्तर्वार्ताको क्रममा ‘एक राजनीतिक शक्तिले उनीहरूलाई स्वीकार नगर्ने बहुसंख्यक जनतामाथि गरेको ‘असहिष्णु दमन’ को विरुद्धमा सङ्घर्ष गर्ने बताए । साथै, उनले अफगानिस्तानका लागि धेरै जातीय समूहको प्रतिनिधित्व गर्ने सरकार चाहिएको बताए । मसाउदले उत्तरी काबुलको दुर्गम पहाडी क्षेत्रमा अवस्थित पानिसिर उपत्यकामा तालिवानविरोधी शक्ति जम्मा गररहेका छन् । रोयटर्सले जनाए अनुसार पानिसिरमा भएको मसाउद र तालिवानको भिडन्तमा सात जना तालिवान मारिएका छन् ।

हामीले यो अन्तर्वार्ता इमेल मार्फत लिएका हाैँ ।

बर्गेन : तपाईं किन तालिवानको प्रतिरोध गरिरहनुभएको छ ?

मसाउद : दुर्भाग्यवश, तालिवान कहिल्यै परिवर्तन भएन र उनीहरू अहिले पनि देशमा हाबी भइरहेका छन् । हामीले कुनै एक राजनीतिक शक्तिले उनीहरूलाई समर्थन नगर्ने बहुसंख्यक जनतामाथि गरेको असहिष्णु व्यवहार र दमनको प्रतिकार गरेका हौँ । तालिवानले देशमा रहेका सबै जातीय समूहलाई समावेश गर्दै समावेशी सरकार बनाएमात्र स्वीकार्य हुनेछ ।

अफगानिस्तान थुप्रै जातीय समूहले बनेको छ र कसैको पनि बाहुल्य छैन । यो बहुसांस्कृतिक राज्य हो । यसकारण, यही अवस्थामा उनीहरूले शासन गर्ने अनुमति पाउँदैनन् । हामी उनीहरूको प्रतिकार गर्छाैँ ।

विभिन्न जातीय र साम्प्रदायिक समूहका बीच बराबरीको शक्ति बाँडफाँड भएको जातीय राज्यमा मात्र हामी एकै साथ शान्तिपूर्वक रहन सक्छाैँ । थप, हामी कुनै जालि र लिङ्गको परवाह नगरी सबैमा प्रजातन्त्र, अधिकार र स्वतन्त्रता संरक्षित हुने कुरामा विश्वास गर्दछाैँ ।

बर्गेन : तपाईंको शक्तिमा को को छन् । कति जना मान्छे छन् ? कस्तो हतियार छ ?

मसाउद : पानिसिरको स्थानीय विद्रोही शक्ति, अन्य प्रदेशका स्थानीय विद्रोही शक्ति र बाँकी पूर्वअफगान सेनाबाट हाम्रो शक्ति तयार भएको हो । अहिलेको समयमा हामीसँग पर्याप्त मात्रामा हतियार छ । तर, लामो समय यो प्रतिकार कायम राख्न हामीलाई सहयोग चाहिएको छ ।

बर्गेन : तपाईंका बाबु सोभियत विरोधी हुनुहुन्थ्यो र तालिवान पनि । तपाईं उहाँकै विरासत थाम्दै हुनुहुन्छ ?

मसाउद : मेरा बाबुको पथ पछ्याउने क्रममा हिँड्न र उहाँको बिरासतलाई निरन्तरता दिन हामीले सक्दो प्रयास गरेका छौँ । हाम्रो अन्तिम सास रहेसम्म यहाँका जनता र यस क्षेत्रलाई रक्षा गर्न हामी कटिबद्ध छौँ । जसरी, मेरा बाबुले सोभियत आक्रमणकारीहरू तथा घरेलु आतङ्कवादको विरुद्धमा बहादुरीपूर्वक लड्नुभयो, उहाँलाई सकेसम्म अनुशरण गर्दै स्वतन्त्रता, प्रजातन्त्र र उहाँलाई प्यारो लाग्ने अन्य मूल्य र मान्यताका लागि म लड्न तयार छु ।

बर्गेन : सैन्य क्षेत्रमा तालिवानको कमजोरी के के हुन् ?

मसाउद : अरूले सोचेजस्तो शक्तिशाली छैन तालिवान । सरकार र अफगान सेनाको नेतृत्वको कमजोरीका कारण उनीहरू देश कब्जामा लिन सफल भएका हुन् । दुर्भाग्यवश पूर्वराष्ट्रपति अस्राफ घानीले तालिवानसँग कसरी लड्नुपर्छ भन्ने थाहा भएको तथा त्यो इच्छाशक्ति भएको सेनालाई पन्छाए ।

देशको नेतृत्वमा अर्को समस्या थियो । अफगान सेनाको निर्णय प्रक्रियामा घानी र उनका सुरक्षा सल्लाहकार हम्दुल्लाह मोहिबको हस्तक्षेपले पनि सैन्य शक्तिलाई कमजोर बनायो । ती दुवैकै कारण सैन्य प्रशिक्षणमा अभाव देखियो । अझै उनीहरू नै युद्धको योजनामा निर्णायक थिए ।

बर्गेन : तपाईं अझै तालिवानसँग वार्ता गर्ने प्रयास गरिरहनु भएको छ ?

मसाउद : हामी सधैँ वार्ताको पक्षमा छाैँ । मेरा बाबुले पनि प्रतिकार अगाडि वार्ता र शान्तिको प्रयास गर्नुभएको थियो । मेरो बाबुको यो प्रयासलाई चासो र गम्भीरतापूर्वक नलिइए जस्तै तालिवानसँगको मेरो वार्ताले मूर्तरूप लिने कुरामा अहिलेसम्म कुनै नतिजा देखिएको छैन ।
सरकारमा समावेश हुन र केही पद पाउन म वार्ता गर्न लागेको छैन । म सामाजिक न्याय र समानताको ग्यारेन्टी तथा सबैका लागि स्वतन्त्रता र प्रजातन्त्र संरक्षित हुने गरी राजनीतिक स्थायित्वका लागि वार्ता गर्न चाहन्छु ।

यसमा तालिवानले चासो दिँदैनन् र देशमा पेलेरै जाने कुरामा विश्वास राख्छन् भने हामी प्रतिकार गर्छौं । पछिल्लो समय तिनीहरूले दमनलाई प्राथमिकता दिएका कारण पाँच वर्षे प्रतिकारको सामना गरे ।

बर्गेन: तपाईंले किङ्स कलेज लन्डनमा ‘युद्ध अध्ययन’ पढ्नुभएको थियो र सान्ध्रुस्टमा पनि हुनुहुन्थ्यो । के यसले तपाईंलाई तालिवानका विरुद्ध लड्न तयार पारेको हो ?

मसाउद : सान्ध्रुस्टमा मैले लड्न र युद्धको योजना बनाउन सिकेँ । जहाँसम्म किङ्स कलेजमा रहँदाको कुरा छ, मलाई कसरी लडाइँ रोक्ने, कसरी शान्तिको प्रयास गर्ने र कसरी रक्तपात रोक्ने भन्ने कुरा सिकाइएको थियो ।

तर, वार्ताका सीमाहरू हुन्छन् । लडाइँ राजनीतिकै निरन्तरता हो । हामीमाथि आक्रमण भयो भने हामी युद्धका लागि बाध्य हुनेछौँ र हाम्रो जमिन, जनता र मूल्यको रक्षाका लागि प्रतिकारको शुरूवात गर्ने छौँ ।

(पिटर बर्गेन सिएनएनका राष्ट्रिय सुरक्षा विश्लेषक हुन् । सन् १९९३ देखि अफगानिस्तानमा रिपोर्टिङ गरे । ‘राइज एन्ड फल अफ ओसामा बिन लादेन’ उनको पछिल्लो पुस्तक हो । सिएनएनमा १ सेप्टेम्बरमा प्रकाशित उनको यो सामग्री खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् । )

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ४३ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ