कमाण्डो शैलीमा विद्युतले गरे इन्गेजमेन्ट « Khabarhub

कमाण्डो शैलीमा विद्युतले गरे इन्गेजमेन्ट


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता विद्युत जामवालले अन्ततः फेसन डिजाइनर नन्दिता मेहतानीका साथ आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । उनले नन्दितासँग कमाण्डो शैलीमा इन्गेजमेन्ट गरेका छन् ।

यद्यपि विद्युत र नन्दिताको यो इन्गेजमेन्ट सेप्टेम्बर १ मा भए पनि हाल आएरमात्र उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट भएको औपचारिक रुपमा जानकारी दिएका हुन् ।

‘कमाण्डो शैलीमा इन्गेजमेन्ट गरें’, विद्युतले सामाजिक सञ्जालमा लेखेका छन् । विद्युतले सार्वजनिक गरेको फोटोमध्ये एक फोटोमा उनीहरु भित्तामा चढ्दै गरेका छन् भने अर्को फोटोमा उनीहरु ताजमहलमा उभिएका छन् ।

विद्युतले नन्दितालाई कमाण्डो शैलीमा प्रपोज गरेर औठी लगाइदिएका थिए । सैनिक परिवारको पृष्ठभूमि भएका विद्युतले एक विशेष शैलीमा इन्गेजमेन्ट गर्ने निर्णय लिएपछि आगरा नजिकै एक सैनिक क्याम्पमा पुगेर नन्दितालाई औठी लगाइदिए । उनीहरु दुवैले कमाण्डो शैलीमा भित्तामा चढ्दै इन्गेजमेन्ट गरेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : ४३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय