नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

नेप्सेमा झिनो अंकको वृद्धि


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.२७ बिन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ बिन्दुले बढेर ५४८.८७ मा पुगेको छ ।

कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १६.८१, व्यापार २९.५३, होटल तथा पर्यटन ४.१३, विकास बैंक ४.३५, वित्त २.५, निर्जीवन बीमा १९८.८६ र जीवन बीमा ८५.८४ बिन्दुले बढेको छ । यस्तै, जलविद्यसत् ९०.५६, उत्पादन ९३.८, अन्य ८.१७, लघुवित्त ३१.०४, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६४ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको कारोबार भयो । युनाइटेड मोदी हाइड्रोपावर रु ४७ करोड ५७ लाख ७४ हजार ५८३, नेशनल हाइड्रोपावर रु ३४ करोड ३० लाख १५ हजार ९७०, नबिल बैंक रु ३० करोड ७३ लाख ५६ हजार ७८२ र अपि पावर रु २८ करोड ३५ करोड ५४ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेमा अजोड अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.१६ र एनआरएन इन्फ्रस्ट्रक्चरको शेयरधनीले ४.०७ प्रतिशतले कमाए । त्यस्तै, कालिका पावर कम्पनी ६.४७, रैराङ हाइड्रोपावर ५.६२, ग्रीनलाइफ इन्स्योरेन्स ५.३६, यूनिभर्सल पावर ५.१३ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ५.०४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : ५१ बजे

सामाखुसीमा नेपाली कांग्रेसको चुनाबी सभा  (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसले सामाखुसीमा चुनावी सभा सुरू गरेको छ । चुनावी

आगामी चुनाव जनमत संग्रह पनि हो : अध्यक्ष ओली

दमक– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेतिर

भोजपुर– भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका

पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?

काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका