मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ? « Khabarhub

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ।

यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ।

परराष्ट्रका सहसचिव रामकाजी खड्काले इरान युद्धको बाछिटाका कारण तनावमा रहेका अन्य देशका नेपालीको संख्या पनि खुलाएका छन् । उनका अनुसार इरानदेखि साइप्रसम्म १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको खुलाएका छन् ।

सम्भावित युद्धलाई लिएर मार्च १ मै ट्राभल एड्भाइजरी जारी गरिसकिएको जनाउँदै खड्काले सम्भावित उद्धारका लागि सरकार तयार रहेको बताए ।

मध्यपूर्वका कुन देशमा कति नेपाली ?

इरान- १० जनामध्ये ६ जना उतै (४ जना फर्किए)
इजरायल- ६५००
इजिप्ट- ५००
ओमान- २५ हजार
कतार- ३ लाख ५७ हजार ९१३
लेबनान- १५ सय
साउदी अरेबिया- ३ लाख ८४ हजार ८६५
यूएई- ७ लाखभन्दा धेरै
बहराइन- २८ हजार
इराक- ३० हजार
साइप्रस- १७ हजार
कुवेत- १ लाख ७५ हजार

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ०२ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७