पार्टीको वडा अधिवेशनमा धाँधली भयो : पौडेल « Khabarhub

पार्टीको वडा अधिवेशनमा धाँधली भयो : पौडेल


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता बितरणदेखि वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको बिधान बिधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाए ।

सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले बताए ।

उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने टिप्पणी गरे । उनले नेताको सत्ता लिप्साका कारण नै कांग्रेस कमजोर भएको टिप्पणी गरे ।

उनले पार्टीलाई लोकतन्त्रको बाटोबाट बिचलित हुन नदिने प्रतिवद्धता जनाए । १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ०१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्