पार्टीको वडा अधिवेशनमा धाँधली भयो : पौडेल « Khabarhub

पार्टीको वडा अधिवेशनमा धाँधली भयो : पौडेल


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता बितरणदेखि वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको बिधान बिधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाए ।

सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उनले बताए ।

उनले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने टिप्पणी गरे । उनले नेताको सत्ता लिप्साका कारण नै कांग्रेस कमजोर भएको टिप्पणी गरे ।

उनले पार्टीलाई लोकतन्त्रको बाटोबाट बिचलित हुन नदिने प्रतिवद्धता जनाए । १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ०१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी