ब्रिटिस अभिनेत्री तान्या वेपत्ता « Khabarhub

ब्रिटिस अभिनेत्री तान्या वेपत्ता


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बीबीसी)– ब्रिटिस अभिनेत्री तान्या फियर लसएञ्जल्सबाट वेपत्ता भएकी छन् । सन् २०१८ मा बीबीसीको साइन्स फिक्सन ड्रामा ‘डक्टर हु’मा देखिएकी ३१ वर्षीया अभिनेत्री तान्या पछिल्लोपटक बिहीबार देखिएकी थिइन् ।

उनको परिवार तथा साथीका अनुसार उनको खोजी गर्न सामाजिक सञ्जालमा ‘ह्यासट्यागफाइण्डतान्याफियर’ अभियान चलाइएको छ ।

अभिनेत्रीकी मेनेजर एलेक्स कोलले आफूले गत साता उनलाई भेट्दा उनको अवस्था ठिक रहेको बताए । ‘उनीमाझ ठूलो करियर थियो, जसलाई उनले सुरुवाती मानेकी थिइन्’, एलेक्सले भनेका छन्, ‘हामी अहिले निकै चासोपूर्वक उनको खोजी गरिरहेका छौं ।’

तान्याको वास्तविक नाम तान्याराड्जवा फियर हो । उनले टेलिभिजनको ‘स्पोटलेस’, ‘इण्डइभोर’, ‘डीसीआइ बेङ्कस’ र ‘मिडसोमर मर्डस्’मा अभिनय गरेकी छन् । यसबाहेक उनले फिल्म ‘किक–एस २’ मा पनि अभिनय कला देखाएकी छन् । उनी हालैमात्र स्टेण्डअप कमेडीमा देखिएकी थिइन् ।

लसएञ्जल्सको प्रहरी विभागले उनी वेपत्ता भएको पुष्टि गर्दै गत बिहीबार उनी वेपत्ता भएको उजुरी विभागमा परेको जनाएको छ । अभिनेत्रीको परिवारका अनुसार उनलाई पछिल्लोपटक ट्रेडर जोयको ग्रोसरी स्टोरमा देखिएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : १५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय