एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको सुझाव « Khabarhub

एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको सुझाव


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लागतार संसद् अवरोध गरेपछि सो विषयमा छलफल गर्न सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक बिनानिस्कर्ष सकिएको छ ।

एमाले नै बैठकमा अनुपस्थित भएपछि कुनै निस्कर्ष नआएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

जोसँग सम्बन्धित विषय हो उही बैठकमा नाआएपछि कुनै निस्कर्ष नआएको उनले बताइन् । उनका अनुसार दलहरुले एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बोलाउन दलहरुले सभामुखलाई सुझाव दिएका छन् ।

दलहरुले एमालेसँग सम्वाद गर्न सुझाव दिएपछि सोमबार बिहान पनि एमाले नेताहरुसँग आफूले कुरा गरेको तर सफल नभएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका थिए । सोमबार बिहान सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग कुरा गरेका थिए । तर, एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टास गर्नुपर्ने वा राजीनामा दिनुपर्ने सर्त राखेको थियो ।

सर्वदलीय बैठकमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बिहान आफूले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुरा गरेको जानकारी गराएका थिए ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ । एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा भदौ १ गते दिएको थियो । तर, सभामुख सापकोटाले सो विषयमा अध्ययन भइरहेको भनिरहँदा भदौ ९ मा माधवकुमार नेपालको अगुवाइमा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी)ले वैधता पाएको थियो ।
यही विषयलाई लिएर एमालेले सर्वोच्चमासमेत रिट दायर गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : १४ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद