प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण « Khabarhub

प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज बुझाइएको छ ।

उनलाई प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ बमोजिम स्थापित लोकसेवा आयोग ऐन, २०७६ को दफा ४९ बमोजिम दोस्रो सम्पादित कार्यको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा आयोगको परिचय, कार्यसम्पादनका आधार, प्रशासनिक, वित्तीय तथा भौतिक प्रगति, परीक्षण प्रविधि, शैक्षिक योग्यता तथा पाठयक्रम, विज्ञान र दर्खास्त, परामर्श, संस्थागत सुधार तथा प्रविधिको प्रयोग, निर्णय तथा कार्यान्वयनको अवस्था, एवं ध्यानाकर्षण र सुझाव समेटिएको छ ।

उक्त अवधिमा प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७७ स्वीकृति, प्रदेश लोकसेवा आयोग(खर्च व्यवस्थापन) कार्यविधि, २०७७ स्वीकृत, प्रदेश लोकसेवा आयोगका पदाधिकारी, कर्मचारी, एवं दक्ष विज्ञ तथा विशेषज्ञको आचारसंहिता २०७७ स्वीकृत, विभिन्न सेवा समूहका पदका ५९ पाठ्यक्रम निर्माण गर्ने कार्य सम्पन्न गरिएको छ ।

यसैगरी अन्य सम्पादित कार्यमा विभिन्न १३२ पदका लागि विज्ञापन प्रकाशन र २० हजार १२० दर्खास्त सङ्कलन, रु ४४ लाख ३२ हजार राजस्व सङ्कलन, ९१ विभिन्न महत्वपूर्ण निर्णय, विभिन्न विषयमा तीन वटा परामर्श प्रदान, ६५ प्रतिशत वित्तीय प्रगति, अनलाइन सफट्वेयर जडान र आव २०७८÷७९ का लागि पदपूर्तिसम्बन्धी वार्षिक कार्य तालीका प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।

प्रदेश प्रमुख प्यासीले प्रतिवेदन ग्रहण गर्दै सम्पूर्ण नागरिकमा अहिलेसम्म लोकसेवा आयोग निष्पक्षता सम्बन्धमा कुनै शङ्का नरहेकाले यसलाई सदैव जोगाइराख्न आग्रह गरे । उनले सदाचार र अनुशासित संस्थाका रुपमा रहेको आयोगको निष्पक्षताले दर्खास्तकर्ता नागरिकमा प्रतिस्पर्धा र उत्साह जागृत गराएकाले यसभित्र रहेका विभिन्न समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

आयोगका अध्यक्ष भट्टराईले यस वर्ष अनलाइन दर्खास्त सङ्कलनको व्यवस्था शुरु गरेको जानकारी दिँदै खाली भएका दरबन्दी माग भए पनि सम्बन्धित निकायबाट समयमा नआउनाले समस्या भएको बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ४५ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन