लागुऔषधसहित २ जना पक्राउ « Khabarhub

लागुऔषधसहित २ जना पक्राउ


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो । दुबै अभियुक्त दाजुभाई हुन् ।

इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ०५ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु