प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ « Khabarhub

प्रधानसेनापति शर्माद्वारा बक्सिङ खेलाडीलाई बिदाइ


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्टरनेशनल मिलिटरी स्पोर्ट्स काउन्सिल (सिजम्स) को आयोजनामा यही भदौ ३१ गतेदेखि असोज १० गतेसम्म रसियाको राजधानी मस्कोमा आयोजना हुन गइरहेको ‘५८औँ वर्ल्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागी हुन लागेका नेपाली सेनाका खेलाडीलाई आज बिदाइ गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले आज सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सात अफिसियल र आठ खेलाडीसहित १५ जनालाई औपचारिकरूपमा विदाइ गरेका हुन् ।

सन् २०१८ मा नेपाली सेनाले सिआइएसएमको सदस्यता प्राप्त गरेपछि सन् २०१९ मा चीनको उहानमा आयोजना गरिएको सातौँ सिआइएसएम वर्ल्ड गेम्समा १३ खेलमा सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको थियो ।

मस्कोमा सञ्चालन हुने बक्सिङ खेलमा उपरथी निरञ्जनकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख सेनानी उज्ज्वल केसी (टिम क्याप्टेन), सेनानी विशालशम्सेर थापा, सुवेदार देवेन्द्रराज सिंह ठकुरी र जमदार उमेश लामा (कोच) तथा जमदार श्याम खड्का(मेडिकल स्टाफ) र ताराराम श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री छन् ।

खेलाडीमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापा  छन् । अधिकांश खेलाडीले १३औँ साफ प्रतियोगितामा विभिन्न पदक प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ३० बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक