१ हजार दरका २५ थान नक्कली नोट सहित ५ जना पक्राउ, नोट तयार गर्ने कटिङ्ग कागज समेत बरामद « Khabarhub

१ हजार दरका २५ थान नक्कली नोट सहित ५ जना पक्राउ, नोट तयार गर्ने कटिङ्ग कागज समेत बरामद


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र सोही ठाउँ टेङरहर टोल घर भई बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।

प्रहरीले बरामद गरेको सवारीसाधन

उक्त होटलको कोठामा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा उक्त नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रवरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ गड्डी कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ तथा सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ०३ बजे

रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र कायम रहने

काठमाडौं – रवि लामिछाने संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु