अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु « Khabarhub

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ह्लामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो ।

आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डा. अनेस केसीले बताए ।

सालनाल अड्किएपछि अत्यधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्चरक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ३५ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन