साफ च्याम्पियनसीप फुटबल : नेपाल पहिलो पटक फाइनल पुग्ने « Khabarhub

साफ च्याम्पियनसीप फुटबल : नेपाल पहिलो पटक फाइनल पुग्ने


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माल्दिभ्समा जारी साफ च्याम्पियनसीप फुटबलमा आज फाइनल पुग्ने टोलीको टुङ्गो लाग्दैछ ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले मालेस्थित नेसनल रंगशालामा दिउँसो ४ : ४५ बजे बंगलादेशसँग तथा माल्दिभ्सले भारतसँग खेल्दैछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन । तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ ।

नेपालले साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन् ।

६-६ अंक जोडेका नेपाल र माल्दिभ्सलाई बराबरी मात्रैले पनि फाइनलमा पुर्‍याउने छ भने भारत र बंगलादेशलाई जितको विकल्प छैन । प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता छ ।

६ अंक नै भएको माल्दिभ्स गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ । ५ अंक जोडेको भारत तेस्रो तथा ४ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ । नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो । तेस्रो खेलमा गत आइतबार नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।

५ राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट २ टोली फाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : ३९ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको