दशैँमा पोखराका ३८ विपन्न परिवारलाई खाद्य सामग्री प्रदान « Khabarhub

दशैँमा पोखराका ३८ विपन्न परिवारलाई खाद्य सामग्री प्रदान


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अतिविपन्न र दशैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोगस्वरूप खाद्य सामग्री प्रदान गरिएको छ ।

‘कास्की सामाजिक अभियान जापान’मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री सहयोग गरिएको हो । पोखरा प्रदर्शनी केन्द्रबाट ती सामग्री हस्तान्तरण गरिएको थियो ।

पोखरा महानगरपालिकाका २४ देखि ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई सञ्चारकर्मी अपिल त्रिपाठीमार्फत सामग्री मङ्गलबार ती सामग्री हस्तान्तरण गरिएको हो । त्रिपाठीले प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरीब परिवार छनोट गरिएको जानकारी दिए।

यसअघि अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागिसमेत सहयोग रकम पठाइएको थियो तर अस्पतालमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी अस्पतालबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही रकमबाट सहयोग सामग्री हस्तान्तरण गरिएको सञ्चारकर्मी त्रिपाठीले बताए।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १० : २० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा