निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन « Khabarhub

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । 

प्रतिनिधिसभामा एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि निर्धारण गरिएको एक हजार २८२ जना निर्वाचन प्रहरी कोटामा भर्ना गर्नका लागि आवेदन आह्वान गरिएकामा एक हजार १७३ जना युवाको मात्र दरखास्त परेको हो ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार सरकारले निर्वाचन प्रहरी भर्नाका लागि पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिने समय तोकेको थियो । तर, आवश्यकताअनुसार जिल्लाका युवाको आवेदन नपरेपछि माघ ३ गतेसम्म दरखास्त दिने म्याद थप गरिएको थियो । 

निर्वाचन प्रहरी भर्नाअन्तर्गत बिहीबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा लिखित तथा मौखिक परीक्षा सञ्चालन गरिएको छ । यही माघ १२ गतेभित्र निर्वाचन प्रहरी छनोटको नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहे पनि त्यसअघि नै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिए ।

केन्द्रले निर्धारण गरेको कोटाअनुसार खोटाङमा आवश्यक १०९ जना अपुग निर्वाचन प्रहरी छिमेकी जिल्लाबाट ल्याएर पदपूर्ति गरिने जनाइएको छ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको निर्वाचन प्रहरीका लागि सरकारले निर्धारण गरेको पारिश्रमिक कम भएकाले युवाको आकर्षण नदेखिएको जनाइएको छ । 

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

निर्वाचनका लागि खोटाङमा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । 

कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, एमालेबाट जिल्ला अध्यक्ष देवविक्रम राई र नेकपाबाट अर्थ तथा वाम राजनीतिक विश्लेषक डा हरि रोकाले उम्मेदवारी दर्ता गराएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएक छन् ।

यस्तै, डा राजकुमार राई र तिलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ५८ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न