श्रीरामको ‘पोलेको मकै’ सार्वजनिक « Khabarhub

श्रीरामको ‘पोलेको मकै’ सार्वजनिक


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा घर भएका श्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो ।

१० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालदेखि काठमाडौंमा साहित्य र पत्रकारितामा आबद्ध राईका बालकथा संग्रहमा ‘बलजितको जुक्ति’, ‘मुनाको अभियान’, ‘सुम्निमाको भ्रमण’, ‘पोलेको मकै’, ‘फूल नफुलुन्’, ‘चरी उडुन्’, ‘पारुको पढाई’ लगायत ७ कथा समावेश छन् ।

‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ । बालकथा संग्रह विद्यालय तहका सवै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाईला लाग्ने कथाकार राईले बताए । हिमालय म्याप हाउसले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ पर्छ । सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको संग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन् ।

श्रष्टा राईका यसअघि बालकथा संग्रह ‘टोली नेता’ २०७४, ‘आजका लघुकथा संयुक्त लेखन’ २०७४ लगायतका कृति प्रकाशित भइसकेका छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य रहेका राई संसाक भवानी–शंकर लघुकथा सम्मान, इडन ब्रिज एकेडेमी बाल साहित्य÷पत्रकारिता सम्मान लगायतबाट सम्मानित भइसकेका छन् । हाल उनी लघुकथा सौन्दर्य, इन्द्रेनी रङ, इला खिम, बालापन लगायतका फेसबुक पेजका एडमिन छन् ।

राईसँग राहत शिक्षक संघर्ष समिति खोटाङको मुखपत्र ‘शैक्षिक पैरवी’ तथा अन्य साहित्यीक पत्रपत्रिका सम्पादन गरेको अनुभव छ । उनी लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङको अध्यक्ष पनि बनेका थिए।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ३० बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट