बालखैमा बिहे, फुर्सदमा पछुतो « Khabarhub

बालखैमा बिहे, फुर्सदमा पछुतो


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै बिहे गरेको देखाएको छ ।

२०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै बिहे गरेका हुन् । ‘यति छोटो अवधिमा बालविवाहको यो तथ्यांक डरलाग्दो हो । कुनै गाउँ छैन बालविवाह नभएको,’ पालिका अध्यक्ष सन्तोष गुरुङ भन्छन्, ‘बाहिर गएर यस्ता तथ्यांक भन्दा पनि लाज लाग्छ । त्यसैले यसको न्यूनिकरण गर्ने रणनीति बनाउन लागेका छौँ ।’ उमेर नपुग्दै चेतनास्तर कमजोर भएकोले उमेर नपुग्दै बिहे गर्ने चलन धार्चेमा व्याप्त छ ।

बालविवाह न्यूनीकरणका लागि सामाजिक अभियन्ता एलिजा गुरुङलाई सद्भावनादूत नै नियुक्त गरिएको छ । ‘मान्छे सचेत छैनन् । सामाजिक सञ्जालमा कुरा गरेर बिहे गर्ने चलन छ,’ उनले भने, ‘अभिभावकको पनि दोष छ । आफ्ना बालबच्चा के गरिरहेका छन् भनेर कहिलै खोजी गर्दैनन् ।’ पालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङले बताए ।

सद्भावनादूत नियुक्त गरिएकी एलिजा कम उमेरमा हुने विवाहले मुख्यतः स्वास्थ्य समस्या बढी देखिएको बताउँछिन् ।

‘म सबैको घरमा पुगेको छु । उनीहरुको समस्या टिपेको छु । धेरैजसोको स्वास्थ्यमा समस्या देखिएको छ,’ उनले भनिन्, ‘कोही पाठेघरको क्यान्सरबाट पीडित छन् । कोही भने कुपोषण र अपाङ्गताको सिकार भएका छन् ।’ बच्चा जन्माउने बेलामा कतिपय आमा र बच्चा दुवैको मृत्यु भएका घटना पनि उनले सुनाइन् ।

त्यसबाहेक आर्थिक सामाजिक रुपमा कमजोर हुने गरेको उनको तर्क छ । ‘बिहे पछि पढाई छोड्छन्, पैसा कमाउन लाग्छन् । मानसिक रुपमा तयार हुँदैनन् । आर्थिक अभावले केटा विदेशिनुपर्छ,’ एलिजा अघि भन्छिन्, ‘बच्चा, आमा र बुबा नै जोखिममा हुन्छन् । आमाकै शरीर कमजोर हुँदा बच्चा कस्तो होला ?’

अधिकांशको १५ देखि १७ वर्षको उमेरमा बिहे भएको उनले जानकारी दिइन् ।

यसलाई रोक्न गैर सरकारी संस्था गुड नेवर्सले पनि सहयोग गरेको छ । ‘विवाह भएर दुख पाएका भिडियो देखाएर अरुलाई सचेत गराउन लागेका छौँ । टोलटोलमा बालविवाहको कानुनी, व्यवहारिक र शारीरिक समस्याबारे जानकारी गराउने योजना बनाएका छौँ,’ अध्यक्ष गुरुङले भने, ‘संघ संस्थाहरुको सहयोग मागेका छौँ । माथिल्ला सरकारलाई पनि भनेका छौँ ।’

अहिले पनि वर्षेनी बाल विवाह भैरहेको छ । अघिल्लो वर्षदेखि नै कार्यक्रम गर्ने भनिएपनि कोभिडका कारण रोकिएको गुरुङ बताउँछन् । सोमबार बसेको कार्यपालिका बैठकले बालविवाह न्यूनीकरण गर्न रणनीतिक योजना बनाउने र वडास्तरीय बाल संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

-न्यूज कारखानाबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  २ : ३० बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले