थप चार ठाउँमा मेगा बैंकका शाखारहित सेवा « Khabarhub

थप चार ठाउँमा मेगा बैंकका शाखारहित सेवा


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार ठाउँमा  शाखारहित सेवाको विस्तार गरेको छ ।

मेगा बैंकले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका–१, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका–२ सातदोबाटोमा शाखारहित बैंकिङ सेवा  विस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहामा प्रवीनकुमार मेहता, पाँचपोखरी थाङपालमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढीमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउपालिका, सातदोबाटोमा  नारायणप्रसाद सिम्खडालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवा अन्तर्गत बैंकले नियुक्ति गरेका व्यावसायिक प्रतिनिधिमार्फत खाता खोल्ने व्यवस्था गर्ने; खातामा रकम जम्मा गर्ने, झिक्ने; नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधा हुनेछ ।

सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि प्रतिनिधिले सहयोग गर्नेछन् ।

बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले ‘हलोदेखि हाइड्रोसम्म’ सेवा पुर्‍याउने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कुरा विज्ञप्तिमा जनाइएको छ ।

शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण औजारको रुपमा रहेको मेगा बैंकले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : १८ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन