विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरू « Khabarhub

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरू


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. उत्तरदायी शासनको मुख्य पक्ष शासनमाथि दुनियाँको इच्छाको आधिपत्य नै हो ।

२. देशव्यापी आन्दोलन चलाउन सकिन्छ भने हिंसाको आवश्यकता नै पर्दैन ।

३. नेपाली काँग्रेसले हिंसाद्वारा राज्य कब्जा गर्न सक्यो भने पनि यस संस्थाले आफ्नो दलको शासन कायम गर्न र अहिलेको राणा परिवारको ठाउँमा त्यस्तै अर्को परिवार वा व्यक्ति समूहको निरङ्कुश शासन स्थापन हुन सक्छ ।

४. जुन आन्दोलनमा जनताको सक्रिय सहयोग हुँदैन त्यसबाट जनताको राज्य कायम हुन्छ भनेर चिताउनु रछ्यानलाई राम्रो देखे जस्तै हो।

५. हिंसात्मक बाटो राजनीतिक साहसिकता मात्रै हो । तातै खाऊँ जल्दै मरौँ भने झैँ हामी हतारियौँ भने हाम्रो प्रयत्न पनि व्यर्थै खेर जानेछ ।

६. अहिंसात्मक लडाइँको हतियार जनताको व्यापक सङ्गठन हो ।

७. सबैले आफ्नो कुरा मात्र ठिक हो र अर्काको अमान्य भन्ने लिँडेढिपी गरिरहने हो भने हामीले जनताको हतियारको रूपमा बनाउन चाहेको राष्ट्रिय संगठन कहिल्यै बन्दैन । त्यसका निम्ति हामीमा सहिष्णुता हुनु अत्यावश्यक छ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ५५ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको